Home / Rashifal / आजको राशिफल : २०७६ जेठ ३१ गते शुक्रबार

आजको राशिफल : २०७६ जेठ ३१ गते शुक्रबार

आजको राशिफल : २०७६ जेठ ३१ गते शुक्रबार

मेष सामाजिक काममा सहभागी भइनेछ । कामको व्यस्तताले गर्दा थकान महसुस हुनेछ । खानपानमा ध्यान पुर्याउनुपर्ने समय छ ।

वृष साथीहरुसंगको भेटघाटमा मन रमाउनेछ । शुभ समाचार सुन्न पाइनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

मिथुन प्रशन्नता बढ्नेछ । सभा समारोहमा सहभागी भइनेछ । आफन्तको सहयोग मिल्नेछ ।

कर्कट कडा परिश्रम गर्नुपर्ने समय छ । रोकिएको धन प्राप्त हुनेछ । आत्मविश्वास बढ्नेछ ।

सिंह आम्दानी बढ्नेछ । कामबाट सफलता मिल्नेछ । परिवारमा खुशीयाली छाउनेछ । मन प्रसन्न रहनेछ ।

कन्या नयाँ अवसरहरु प्राप्त हुनेछन् । विशिष्ट व्यक्तिको सहयोग मिल्नेछ । मान प्रतिष्ठा बढ्नेछ ।

तुला परोपकारमा मन जानेछ । सामाजिक क्षेत्रमा प्रतिष्ठा मिल्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ ।

वृश्चिक काममा अवरोध आउनेछ । मानमा आघात पुग्नेछ । बोलीमा नियन्त्रण गर्नुपर्ने समय छ । धैर्य रहन सकेमा समस्या समाधान हुँदै जानेछन् ।

धनु साझेदारीमा फाइदा मिल्नेछ । काममा प्रगति हुनेछ । जीवनसाथीको सहयोगले गर्दा मन प्रसन्न रहनेछ । खर्च भने बढ्नेछ ।

मकर प्रतिस्पर्धीहरु पर हट्नेछन् । रोकिएका काम सुचारु हुनेछन् । धन लाभ हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ ।

कुम्भ घरमा अतिथिको आगमन हुनेछ । कला तथा साहित्य क्षेत्रमा मन जानेछ । मान प्रतिष्ठा बढ्नेछ । मन प्रसन्न रहनेछ ।

मीन बोलीमा नियन्त्रण गर्नुपर्ने समय छ । घरायसी विवाद उत्पन्न हुनेछ । अनावश्यक तनाव बढ्नेछ । खर्च बढ्नेछ ।