Home / Dharma / शास्त्र अनुसार यसकारण मानिन्छ भगवान् शिवलाई हनुमानको अवतार
hanuman-shiva

शास्त्र अनुसार यसकारण मानिन्छ भगवान् शिवलाई हनुमानको अवतार

भगवान शिव भक्तको पूजाबाट छिट्टै प्रसन्न हुने देव मानिन्छन्। भगवान शिव हरेक युगमा आफ्ना भक्तको रक्षाका लागि प्रकट हुने विश्वास पनि गरिन्छ । भगवान शिवले १२ रूद्र अवतार लिएका छन्।शिव महापुराणमा भगवान शिवका अनेक अवतारबारे वर्णन गरिएको पाइन्छ । तर पनि धेरै कम मानिसमात्रै भगवान शिवका यी अवतारबारे जानकार छन् ।हनुमानको जन्म शास्त्रमा रामभक्त हनुमानको जन्म दुई तिथिमा भएको भनेर उल्लेख गरेको पाइन्छ । जसमा उनको पहिलो जन्मलाई भगवान शिवको अवतार मानिएको छ । किनकी हनुमानकी माता (आमा) अन्जनीले भगवान शिवको घोर तपस्या गरेर शिवलाई पुत्रको रुपमा प्राप्त गर्ने वर मागेकी थिइन् ।

त्यसपछि भगवान शिवले पवन देवको रुपमा आफ्नो रौद्र शक्तिको अंश यज्ञ कुण्डमा अर्पित गरेका थिए र त्यतिबेलै उक्त शक्ति अन्जनीको गर्भमा प्रविष्ट भएको थियो । त्यसपछि चैत्र शुक्ल पक्ष पूर्णिमाको दिन हुमानको जन्म भएको थियो ।पौराणिक कथामा यस्तो वर्णन-पौराणिक कथाका अनुसार रावणको अन्त्यका लागि भगवान विष्णुले राम अवतार लिएका थिए । उक्त समय सबै देवताले भगवान रामलाई सहयोग गर्न अलग–अलग रुपमा अवतार लिएका थिए ।सोही समयमा भगवान शंकर (शिव)ले पनि आफ्नो रूद्र अवतार लिएका थिए । यसको पछाडि एउटा कारण छ कि, उनलाई विष्णुबाट दास्यको वरदान प्राप्त भएको थियो ।हुनमान शिवका ११ औं रूद्र अवतार हुन् । यस रुपमा भगवान शिवले रामको सेवा पनि गरे भने रावणको वधमा उनको मद्दत पनि गरे ।

यो पनि पढ्नुसः हनुमान (हनुमान्, अंजनेय र मारुति पनि) परमेश्वरको भक्ति (हिन्दू धर्ममा भगवानको भक्ति)को सबैभन्दा लोकप्रिय अवधारणाहरू मध्ये र भारतीय महाकाव्य रामायणमा सबैभन्दा महत्वपूर्ण व्यक्तिहरू मध्ये एक हुन। उनी केही विचारहरूको अनुसार ११औँ अवतार रुद्रावतार(रुद्र – भगवान शिवको अवतार), सबैभन्दा तागतवर र बुद्धिमान अवतार मानिन्छन। उनको सबैभन्दा प्रसिद्ध उपलब्धि, जसरी कि रामायणमा वर्णित छ, बाँदरहरूको सेनाको तथा अग्रणी रूपमा रहेको राक्षस राजा रावण सित युद्ध।उनलाई बजरंग बली पनि भनिन्छ किन भनें उनको शरीर एक वज्रको समान थियो। हनुमान पवन-पुत्रको रूपमा चिनिनु हुन्छ किन भनें पवन देव (हावाको देवता)ले हनुमानको पालन-पोषणमा महत्वपूर्ण भूमिका देखाउनुभाको थियो।

शनिको बक्र दृष्टि वाट ब्रम्हा,विष्णु, महेश्वर सवै नै प्रताडित भएको पुराण कथा पढन पाइन्छ तर हनुमान माथि शनिको वक्रदृष्टि कहिलै पर्न सकेन|यस सन्दर्भमा एउटा प्रसिद्ध कथा छ। रावण एक ज्योतिष पनि थियो तसर्थ उसले आफ्नो जेठा छोरा इन्द्रजित जन्मने बेला सबै ग्रहहरूलाई आफ्नो अनुकूल बनायो। यहाँसम्म कि शनिश्चरलाई समेत अनुकूल बनाउन शनिको पृष्ठ भागमा खुट्टा राखेर र अरू ग्रहहरूको गतिलाई रोकेर पुत्रको जन्म गराएर आफू इन्द्रजितको माध्यमबाट रावण अजेय हुन चाहन्थ्यो । नारदले यो कुरा बुझेर प्रकृतिविपरीत केही हुन सक्दैन र हुन पनि हुँदैन भनेर रावणलाई नारदमुनिले यो सल्लाह दिनुभयो कि शत्रुको पृष्ठमा चढेर होइन छातीमा खुट्टा टेकेर प्रहार गर्नुपर्दछ।

यस्तो नारदको कुरा सुनेर रावणले शनिको गति परिवर्तन गरिदियो। जब शनिको वक्रदृष्टि उसमाथि पर्न थाल्यो। तब रावणको पनि पतन सुरु भयो भनिन्छ तर रावणले पनि शनिको वक्रदृष्टि परेको थाहा पाई शनिलाई अँध्यारो कोठामा थुनिदियो। जब हनुमान लङ्कामा पुगे, तब उनले बन्दी शनिलाई मुक्त गरे तर ‘शनि’को वक्रदृष्टि उनमा दुष्प्रभाव परेन। हनुमानको दृढ शरीरमा जब कुनै प्रभाव परेन तब शनिले हनुमानको सामु हात जोडेर वरदान माग्न अनुरोध गरे। भक्तवत्सल हनुमानले भक्तहरूमा कुदृष्टि नराख्न आग्रह गरे। ‘शनि’ले ‘तथास्तु’ भने। यस कथाको भाव यही हो कि भक्तिको सामु दुष्ट ग्रहले पनि केही बिगार्न सक्दैन।