Home / Dharma / पति पत्नी बीच झगडा भइरहन्छ भने अप्नाउनुहोस् यी उपाय

पति पत्नी बीच झगडा भइरहन्छ भने अप्नाउनुहोस् यी उपाय

पति पत्नीबीच बेलाबेलामा झगडा पनि हुन्छ भने प्रेमपनि हुने गर्दछ। शिष्टाचार र व्यवहारले सम्बन्धमा निकै गहिरो प्रभाव पार्दछ। कयौँ समय पति पत्नीबीच सानो सानो कुरामा झगडा तथा मन मुटाव यति धेरै बढ्छ की सम्बन्धमा दरार आउन समय लाग्दैन।आफ्नो सहपाटीको सानो कुरामा पनि रिसाउनु, बहाना बनाउने बानी हुनुले सम्बन्धमा खट्पट आउन थाल्दछ। यदी तपाईको सहकर्मी पनि सानो सानो कुरामा रिसाउने गर्दछन् भने सबै भन्दा पहिले तपाईले त्यस्तो व्यवहार देखाउनुको पछाडिको कारण जान्न आवश्यक छ।त्यसको समाधान निकाल्न सक्नु भएन भने कुनै ज्योतिषका उपाय अप्नाउनु उत्तम रहन्छ।ज्योतिषका अनुसार गुरु ग्रह विवाहका कारण ग्रह मानिने गरिन्छ। विवाहको स्थान, जन्म पत्रिकाको सप्तम स्थान हुने गर्दछ। कुण्डलीमा यसको स्थान यदी सूर्य, गुरु, राहु, मंगल, शनि जस्ता ग्रह भएका वा यी स्थानमा यिनको दृष्टी भएमा वैवाहिक जीवन सुखी हुन सक्दैन्। सप्तम स्थानमा सूर्य हुनु निश्चित सम्बन्ध विच्छेदको कारण हो। त्यही कुण्डलीमा गुरु कमजोर भएमा पनि विवाहसँग सम्बन्धीत समस्याको समाधान गर्नु पर्दछ।

यी उपाय अप्नाउनुहोस् शिव लिंगको पूजाः पति पत्नीले आफ्नो झगडाबाट बच्नका लागि सोमबार एकसाथ भगवान् शिवको पुजा आरधना गर्नु भएमा तपाईको सम्बन्धमा सुधार आउन सक्छ।सिन्दुरको डिब्बा पति सुत्ने ठाउँमा राख्नेः यदी पती पत्नीबीच झगडा भइरहन्छ भने पत्नीले पतिलाई नसोधेर पति सुत्ने ओछ्यानको मुनी सिन्दुरको डिब्बा राखिदिनु पर्दछ। त्यसपछि बिहान उठेर उक्त डिब्बाको सिन्दुर लगाउने गर्यो भने पनि तपाईको कुण्डलीको दोष मेटिन सक्छ।सूर्यलाई जल चढाउनेः विवाहित जोडिले हरेक बिहान सुर्यलाई जल चढाउने गर्यो भने पनि तपाईबीच हुने गरेको झगडा प्रेममा परिनत हुन थाल्दछ।गौमती चक्रः यति तपाई पति पत्नीबीच प्रेम बढाउन चाहनुहुन्छ भने तपाईले लगाउने गरेको सिन्दुरको डिब्बामा एउटा गौमती चक्र राख्नु पर्दछ। किनकी उक्त चक्रलाई शुभ मानिने गरिन्छ। -एजेन्सीयो पनि पढ्नुसः तलेजु भवानी मन्दिरको ढोका किन वर्षमा एक दिन मात्र खुल्ला गरिन्छ ? काठमाडौं । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ ।महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।

पशुबलि नदिनेले भने आज आ–आफ्नो कुल परम्पराअनुसार कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाअष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ ।मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई मारेको ९वध० ले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ ।महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशाना पूजा पनि गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ । आज बिहान हनुमानढोकामा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिइएको छ ।तलेजु भवानी खुल्ने -हनुमानढोका दरबारमा रहेको वर्षमा एक पटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर पनि आजैको दिन खुल्ने गर्दछ । वर्षमा एक दिन मात्र खुल्ने भएकाले आज यहाँ दर्शनार्थी एवं पूजा गर्ने भक्तजनको भीड लाग्छ ।तलेजु भवानी दर्शन गर्न चाहने भक्तजन आज बिहानै लाममा बस्न जाने गर्छन् । आज लाम बसेका सबै भक्तजनलाई देवीको दर्शन गर्न दिइन्छ । महानवमीका अवसरमा आज नेवारी समुदायले भने भीमसेनलाई बलिसहित पूजा गर्ने गर्छन् ।