Home / Dharma / महाभारतको युद्धकुरुक्षेत्रमा नै किन लडिएको थियो ?
krishna-arjun

महाभारतको युद्धकुरुक्षेत्रमा नै किन लडिएको थियो ?

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको माध्यमबाट आसुरी मति भएका कौरवलाई समाप्त पार्नु महाभारतका पटकथाकार भगवान् श्रीकृष्णको ध्येय थियो । तर पाण्डवले धर्म नष्ट हुन्छ भनेर कौरवसँग युद्ध नगर्ने सम्भावना पनि प्रबल थियो ।त्यसैले योगेश्वर कृष्णले युद्धका लागि त्यस्तो भूमि छान्नुभयो जहाँ क्रोध र द्वेष पर्याप्त होस् । महाभारत युद्ध हुने निश्चय भएपछि युद्धभूमि खोज्नका श्रीकृष्णले अनेकौं दूत चारैतिर दौडाउनुभयो । ती दूतहरू जहाँ जान्छन् त्यहाँको विशेष घटना के रहेछ बुझेर आफूलाई बताउन उहाँले लगाउनुभयो ।

कुरुक्षेत्र पुगेको दूतले सुनाएको वृत्तान्तका आधारमा भगवानले युद्ध भूमि निश्चित गर्नुभयो । के भने दूतले ? एकचोटि कुरुक्षेत्रमा घनघोर वर्षा भइरहेको थियो ।एक ठाउँमा ठूलो दाजुले आफ्नो सहोदर भाइलाई वर्षाबाट फसल जोगाउनका लागि आली बनाउन लगायो । भाइले त्यसो गर्न स्पष्ट रूपमा इन्कार गरेपछि दाइ रिसले आगो भयो अनि भाइलाई छुरा धँसेर मारिदियो । त्यसपछि उसले भाइको लाशको खुट्टा घिसारेर त्यही लाशकै आली बनाइदियो । यस्तो नृशंस हत्याको कथा सुनेर श्रीकृष्णले यो ठाउँ भाइहरूबीच युद्धका लागि उपयुक्त रहेको निश्चय गर्नुभयो ।यहाँ पुग्दा मस्तिष्कमा जस्तो प्रभाव पर्छ त्यसले प्रेम र सन्धिवार्ता हुन दिँदैन भन्ने श्रीकृष्णलाई थाहा थियो । हुन पनि त्यही भयो । यो युद्धमा नातासम्बन्धका सबै सीमाहरू भत्काइए ।पर्याप्त रगत बग्यो यहाँ । त्यसैले शुभ अशुभ विचार वा कर्मको संस्कार भूमिमा समाहित भएर बसेको हुन्छ । त्यसैले शुभ विचार राख्ने र शुभ कार्य गर्नाले भूमि, पर्यावरण र प्रकृतिमा त्यसको असर पर्छ ।

यो पनि पढ्नुसः महाभारतको विशालता र दार्शनिक गूढता पुरै हिन्दू धर्म र वैदिक परम्पराको पनि सार हो। महाभारतको विशालताको अन्दाज यसको प्रथम पर्वमा उल्लेखित एक श्‍लोक बाट लगाउन सकिन्छ: “जुन (कुरा) यहाँ (महाभारतमा) छ, त्यो तपाईँले संसारमा कहीँ न कहीँ अवश्य भेट्नुहुनेछ, जुन (कुरा) यहाँ छैन त्यो तपाईँले संसारमा अन्यत्र कहीँ पनि भेट्नुहुने छैन।’ महाभारत खालि राजा-रानी, राजकुमार-राजकुमारी, मुनिहरूको कथा मात्र नभएर एक ज्ञान भण्डार पनि हो। महाभारतमा उल्लेख भए अनुशार यस पूस्तकका पहिला रचयिता वेदव्यास हुन् भने पहिला लेखक भगवान गणेश हुन्। व्यासजीले १८ पर्व महाभारतको रचना गरे पछि गणेशजीलाई लेख्नको लागी बोलाएका थिए। गणेशजीले र व्यासजीले क्रमशः महाभारत लेख्ने र भन्ने गरेका गरेका थिए। यदी गणेशजीको कलम रोकिएमा व्यासजीले जित्ने र व्यासजीको वाचन गर्ने काम रोकिएमा गणेशजीले जित्ने भनेर यि दुवैजनाले वाजी पनि राखेका थिए। यसरी होडवाजीमा रहेर लेख्दा पनि यो पूस्तक निर्माण गर्न तीन वर्षको समय लागेको थियो ।

महाभारतको प्रथम अध्याय अनुसार यो महाकाव्य ऋषि वेद व्यास (जो स्वयं यस महाकाव्यका एक प्रमुख पात्र हुन) द्वारा बोलेर, भगवान गणेशद्वारा लेखाइएको हो। व्यासले यो ग्रन्थ आफैले लेख्दा धेरै समय लाग्ने तथा आफ्नो जीवनमा पूर्ण गर्न पनि नसकिने जस्तो देखिए पछि भगवान गणेश, जो छिटो लेख्नको लागि प्रख्यात छन्,को सामुन्ने यो प्रस्ताव राखे। गणेश तत्काल तैयार भए तर आफू रोकी-रोकी लेख्न नसक्ने हुनाले एक शर्त राखे कि व्यासले कथा भन्दाखेरिको समयमा एकछिन पनि आराम गर्नको लागि रोकिन पाउने छैनन्। व्यासले पनि यो शर्तलाई स्वीकार गरे तर उनले पनि भगवान गणेशसँग एउटा शर्त राखे कि उनले व्यासले बोलेका वाक्यहरूलाई राम्ररी बुझेर मात्र लेख्नेछन्। व्यासले सोच्नको लागि समय निकाल्न गाह्रो-गाह्रो शब्दहरू प्रयोग गरे जसलाई बुझ्न गणेशलाई समय लाग्दथ्यो। यसले गर्दा लेखाउने समयमा व्यासलाई पनि केही सोच्ने समय मिल्ने भयो।

यो कथा जनमानसमा प्रचलित एक कथासँग पनि मेल खान्छ जसमा गणेश जी यौटा दाँत कसरी भाँचियो भन्ने सोचाईमा मग्न हुनु भएको छ (गणेश जीको पारंपरिक छवि)। भनिन्छ कि महाभारत लेख्ने क्रममा हतारमा लेख्न बाधा नआउस भनेर एक पल्ट कलम उनको हातबाट छुटयो र उनले आफ्नो यौटा दाँतै भाँचे।यस महाकाव्यको शुरुवात एउटा सानो रचना जय बाट भएको थियो भन्ने मान्यता छ। हुन त यसको रचनाको कुनै निश्चित तिथि थाहा छैन तर यसलाई सामान्यतया वैदिक युगमा लगभग १४०० ईसा पूर्वको समयको मानिन्छ। विद्वानहरूले यसको तिथि निर्धारित गर्नका लागि यसमां वर्णित सूर्य ग्रहण र चंद्र ग्रहणहरूको बारेमा अध्ययन गरेका छन् र यसलाई ३१औं शताब्दी इसा पूर्वको मान्दछन् भने पौराणिकहरू ५०७८वर्ष पूर्व लेखनकार्य प्रारम्भ गरी ५०८१पूर्व लेखनकार्य सम्पन्न भएको मान्दछन् ,तर मतभेद भने अझै पनि जारी छ।

यस काव्यमा बौद्ध धर्मको वर्णन छैन, तर जैन धर्मको वर्णन भने छ, अतः यो काव्य गौतम बुद्धको काल भन्दा पहिले अवश्य पूरा भएको थियो।शल्य, जो महाभारतमा कौरवहरूको तर्फबाट लडेका थिए, उनलाई रामायणमा वर्णित लव र कुश पछिको ५०औं पुस्ताको मानिन्छ। यसै आधारमा केही विद्वानहरू महाभारतको समय रामायण भन्दा १००० वर्ष पछिको मान्दछन्। तिथिहरू चाहे जे सुकै भएपनि यहि काव्यहरूको आधारमा वैदिक धर्मको आधार टिकेको छ जो पछि हिन्दू धर्मको आधुनिक आधार बनेको छ।आर्यभटका अनुसार महाभारतयुद्ध ३१३७ ई.पू.मा भएको थियो |यस युद्धको ३५ वर्ष पश्चात् श्रीकृष्णको स्वर्गारोहणसँगै कलियुगको प्रारम्भ भयो| वेदांग ज्योतिषानुसार (६श्लोकव्याख्या पृ.२५९)दक्षिणभारतको एहोडस्थानमा प्राप्त पुलकेशिको शीलालेख- त्रिंशत्सु त्रिसहस्रेषु भारतादाहवादितः| सप्ताsब्दशतयुक्तेषुगतेष्वब्देषुपञ्चसु|| पञ्चाशत्सुकलौकालेषट्सुपञ्चशतासुच|

समासुसमतीतासु शकानामपिभूभुजाम्|| अर्थात् उक्त शीलालेखबाट महाभारत युद्धाब्द ३७३५छँदा शकाब्द५५६ वर्ष चलिरहेको उल्लेख भएको कुरा प्रमाणित हुन आउँछ |आज विक्रम संवत२०७३ चल्दा महाभरतयुद्धसंवत्५११७चलिरहेको छ | म.भा.मुसलपर्व-१|१३मा षट्त्रिंsथततोवर्षे वृष्णीनामनयोमहान्| अन्योन्यंमुसलैस्तेतुनिजघ्नुकालचोदिताः|| भारतयुद्धाब्ददेखि ३६औं वर्षमा मुसलपर्वमा परी यदुवंश समाप्त हुने क्रममा श्रीकृष्ण स्वर्गारोहण भएपछि मात्र कलियुगको प्रारम्भ भयो- यस्मिन्दिने हरिर्यातोदिवंसंत्यज्य मेदिनीम्त स्मिन्दिनेsवतीर्णोsयंकालकायःकलिःकिल||ब्रह्मपुराण-२१२|८ अतः उक्त शीलालेखको भाषा नबुझेर युद्धसंवत् लाई नै कलि संवत् सम्झने भुल तात्कालीन अगुवाहरूले गरेकाले अब हाल प्रचलित कलिसंवत् मा ३६ घटाउँदा आउने संख्या ५०८१चाहिँ वास्तविक कृष्ण स्वर्गारोहण संवत् हुन आउँछ ,जुन् वास्तविक कलि संवत् ठहर्छ|अतःश्रीकृष्ण स्वर्गारोहण पछि शोकाकुल भै विरक्तिएका वेदव्यासले गणेशको सहायता लिई तीन वर्ष लगाएर महाभारतको रचना गरे भन्न सकिने कुरा पौराणिकहरूको छ |

यसरी विश्लेषण गर्दा यस पवित्र ग्रन्थको रचना ५०७८ वर्ष पूर्व प्रारम्भ भएर ५०८१ वर्ष पूर्व सम्पन्न भयो भन्न सकिने कुरा पौराणिकहरूको छ |धेरैजसो अन्य भारतीय साहित्यहरू जस्तै यो महाकाव्य पनि पहिले वाचिक परम्पराद्वारा हामी सम्म पुस्तौं-पुस्ता पछिआई पुगेको छ। छापाको विकास भन्दा पहिले नै यसका धेरै क्षत्रिय (भौगोलिक) संस्करण पनि निस्किए जसमा धेरै यस्ता घटनाहरू छन् जो मूल कथामा देखिदैन वा कुनै अन्य रूपमा देखिन्छ। द्रष्टव्य-: यस ग्रन्थको प्रामाणिक मानिने संस्करण सातलवेकर संपादितम् पारडी.बलसाड, गुर्जरा-१९६८-१९७७