Home / Rashifal / विघ्नहर्ता श्री गणेश भगवान लाई एक शेयर गर्दै भेटी चढाएर साप्ताहिक राशिफल पढ्नुहोस, मनले सोचेको पुगोस

विघ्नहर्ता श्री गणेश भगवान लाई एक शेयर गर्दै भेटी चढाएर साप्ताहिक राशिफल पढ्नुहोस, मनले सोचेको पुगोस

बालब्यास पं नबिन खतिवडा बाट प्राप्त असोज २६गते आइतबार देखि कार्तिक २ गते शनिबार सम्म को साप्ताहि राशीफल – ग्रह दोष, संकटहरु हटाउन संकट मोचनकर्ता, विघ्नहर्ता श्री गणेश भगवान लाई एक शेयर गर्दै भेटी चढाएर साप्ताहिक राशिफल पढ्नुहोस, मनले सोचेको पुगोस

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मनमा प्रशन्नता बडनेछ भोज भातेरमा सामेल को समय रहेको छ। छरछिमेकमा सम्मान बढ्नेछ ,मित्र बाट लाभ तथा जनसर्म्पर्क बढ्नेछ,आफन्तबाट धोका हुन सक्छ,मित्रता र प्रेमको बन्धन कसिनेछ,व्यवसाय खस्किएला,खर्च र थकाइ बढ्नेछ,निराश नहुनुहोस्,मन स्थिति अनुकूल बन्नेछ, शिवजी को आरधना गर्नाले कार्य पुराहुने छ ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –बिचार गरेर गर्द पनि अरुसँग नराम्रो हुने योग छ,खर्च बढ्नुका साथै आर्थिक अभावले सताउन सक्छ,अधुरा कामहरू बन्नेछन्, प्रेमको बन्धन कसिने बेला छ,धर्ममा रुचिहुनेछ, मानसम्मान पाउने योग छ र अरुको बिश्वास जितिने छ, मनमा उत्साह र हर्षबढने देखिन्छ,आजको हनुमान को उपासना वा हनुमान कवच पाठगर्नाले कार्य पूरा हुने छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –सन्तान बाट सु समचार प्राप्त हुने छ ,पेटको गडबडीले सताउन सक्छ,सचत रहनुहोस्,सभा सम्मेलनमा सहभागि हुने अवसर मिल्नेछ,साथीभाइ र कुटुम्बका नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ,भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ,शत्रु,शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ,देवि दुर्गा लाई स्मरण गर्नाले कार्य पुराहुने छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)पारिवारिक जमघटमा मन रमाउनेछ, पशु चौपाया दोपायाबाट आंशिक फाइदा हुनेछ,वैदेशिक यात्रा तथा कृषिकर्ममा सफलता मिल्नसक्नेछ,अरूको सुझावप्रति शंका उब्जने समय छ,सानै प्रयासले पनि ठूलो काम बन्ला,भेटघाटले प्रसन्नता मिल्नेछ, मनपर्ने वस्त्र,अलंकार आदि बाट लाभ होला, माता मनकामना को स्मरण गर्नाले कार्य पुराहुने छ ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्,या सोचेको कुरामा लाभ नमिल्न सक्छ,त्रास डर संकट आउनेछ,शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ,काममा लगानी बढाउने समय छ,आर्थिक कारोबरमा बल नगर्नु राम्रो हुनेछ,प्रेममा खटपट हुनेछ,व्यवसायमा लगानी बढाउनुपर्ला,पढाइको क्षेत्रमा मन लाग्ने छ।भने माता पाथिभरा देबि लाई स्मरण गरि कार्य गर्नुहोला कार्य सिद्ध हुने छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –कर्मयोग र आम्दानीले पछ्याउनेछन्,अरुको काम धेरै गर्नुपर्ला जस पाउने सम्भावना कम रहने छ,खुट्टा तथा आँखा, नाक,कान, घाँटीमा रोग–चोटपटक लाग्ने सम्भावाना छ,समयमा निर्णय गर्न नसकिने र पछि परिने सम्भावना रहेकोछ,शुत्रु बडने छ स्वाथ्यमा संकट आउनेछ, खानपान मा विशेष ध्यान दिनुहोस् ,भने देवबैध्य अस्विनिकुमार को स्मरण गर्नुहोला लाभ हुने छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–प्रशस्त धनलाभ हुनेछ,सत्रु बडने र रोग बडने भएकाले खाना र बोलिमा बिचार गर्नुहोला ,बोली र व्यवहारमा पनि सचेत रहनुपर्नेछ, कर्मयोगका थप बाटाहरू खुल्नेछन्,पढाइलेखाइ र व्यवसायमा उन्नति,प्रगती तथा धनलाभ हुनेछ, प्रतिस्पर्धीलाई उछिन्ने मौका छ,फाइदा हुने काममा लगानी बढाउन सकिनेछ,भने देवि भगवती उमा को स्मरण गर्नुहोला कार्य पुराहुने छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)शुत्रुहरु पराजय हुनेछन् राजनितिकमा गरेको काम प्रशंश नीय हुनेछ मनले चिताएको कार्यमा राम्रो फल पाइएला,निर्णय गलत ठाउँ मा पर्नाले फाइदा अर्कैका हातमा जानेछ,विगतका कमि कम्जोरीले दण्ड–जरिवानामा परिने सम्भावना छ,सहयोगी हरुले धोका दिन सक्नेछन,बोलिमा विचार गर्नु होला,आफ्नो इस्ट देव को स्मरण गर्नुहोला कार्य पुराहुने छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–कीर्ति पनि अवश्यै बढ्नेछ,गुरु कृपा रहने छ,विश्वास गुम्ने सम्भावना छ,सचेत रहनुहोला,शत्रुमाथि विजयी भइनेछ, आफन्तसँग सम्बन्ध सुधार हुनेछ,कला साहित्य तथा सिर्जनाको क्षेत्रबाट प्रसस्त लाभ प्राप्त होला, दाजुभाइ तथा दिदीबहिनीको सहयोग पाइने छ,सामाजिक कामबाट प्रतिष्ठा मिल्नेछ,मान्यजनको रोवर मा काम गर्नाले फाइदा हुने देखिन्छ भने आफ्नु इस्ट देव वा ग्राम गाउँ का देवता को स्मरण गर्नाले कार्य सिद्ध हुने छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –साँझ पख सामान्य चोटपटक लाग्ने सम्भावाना छ,आफुमा कमि कम्जोरिको अनुभूति हुनेछ, गोप्य रहस्य पत्ता लगाउन सफल भइने छ, धार्मिक, सामाजिक तथा परोपकारजन्य क्रियाकलाप सम्पादन हुने समय छ,जिम्मेवारी पनि थपिएला,व्यावसायिक काममा निकैै उन्नति हुनेछ,कुनै पनि काम गर्दा घर सल्लाह गर्दा राम्रो छ फलाम जन्य बस्तु मा अलि होस् पुर्याउनु होला चोट्पट्क को भय रहेको छ भने शनि देव को उपासना गर्नुहोला कार्य पुराहुने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –अरुको काम धेरै गरनुपर्ला जस अपजस पाउने सम्भावना कम रहनेछ,सत्रु बडने छ्न् स्वाथ्यमा संकट आउनेछ, आफन्तबीच अविश्वास बढ्ला, आफ्नै कमजोरीले हात लागिसकेको काम फुत्कन सक्छ, सचेत रहनुहोला,गोप्य रहस्य पत्ता लाग्नेछ, समयमा काम पूरा नहुनाले मन खिन्न रहनेछ,वैदेशिक रोजगारका कामहरु पुराहुने छ्न् भने अधुरा कार्यहरू पुराहुने योगरहेको छ ,भने भगवान बिस्णु को स्मरण गर्नुहोला कार्य सिद्द हुने छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)कामको बोझ थपिने छ,धार्मिक क्रियाकलापमा बाधा हुनेछ,बोलीमा विचार पुर्याउनु होला,बिचार गरेर गर्द पनि अरुसँग नराम्रो हुने योग छ,शत्रु चलखेलको बाबजुतपनि सफलता मिल्ने छ,नयाँ काम गर्ने मौका आउला,धर्ममा रुचि बड्ने छ ,मानसम्मान पाउने योग छ र अरुको बिश्वास जितिने छ,भने बिधाता ब्रह्मा जिको स्मरण गर्नुहोला कार्य सिद्ध हुने छ ।

ज्योतिष तथा श्रीमद्भागवत एवं अन्य पुराण प्रवक्ता बालब्यास पं नबिन खतिवडा सुर्योदयनगरपालिका ३रुङ्सुङ्ग ईलाम सम्पर्क नं ९८१४०४३७४९ ९८४०९९२६२०