Home / Dharma / जिन्दगी भरि नै धन कमाउन चाहनु हुन्छ भने अब यस्ता धन कमाउने ९ टिप्स,पढ्नुहोस
dhan-ki-devi

जिन्दगी भरि नै धन कमाउन चाहनु हुन्छ भने अब यस्ता धन कमाउने ९ टिप्स,पढ्नुहोस

धन कमाउनुको मुख्य उद्देश्य खर्च गर्नु नै हो । तर आवश्यकता भन्दा बढी खर्च गर्नु जीवनको लागि हानिकारक हुनजान्छ । आफूले कमाउनुको धनलाई उचित तरिकाले प्रयोग गर्नुभयो भने जीवन सुखमय हुन्छ ।तपाईंको हातमा पैसा टिकाउने अचुक उपाय यस्ता छन ।

१) तपाईं व्यापारमा हुनुहुन्छ भने रिक्स लिन नडराउनुहोस । कुनै समय रिक्स नलिनुपनि रिक्स साबित हुन सक्छ । त्यसैले परिस्थितिको राम्रो विश्लेषण गर्नुहोस र तपाईंलाई लगानी गर्न ढुक्क बनाउनेछ ।२) जुन चिज तपाईं चहानुहुन्छ, त्यसको लिस्ट बनाउनुहोस । यस प्रकारले तपाईंको खर्च म्यानेज गर्न सहयोग पुग्छ ।३) क्रेडिट कार्ड प्रयोग गर्नुहुन्छभने, आफ्नो बिलको ड्यु मिति भन्दा पछि तिर्नुहुन्छ भने यो आदतबाट बच्नुहोस । समयमा ड्यू तिर्नु र फजुुल खर्च गर्नबाट बच्नुहोस ।

४) एक अर्कालाई देखाउनको लागि वा आकर्षक देखिने प्रयोजनमा हुने खर्चलाई नियन्त्रण गर्न पाउनुभएन भने वा सुविधा सम्पन्न जीवन जिउनको लागि तपाईंले कर्जा लिने आदतबाट बच्नुहोस । घर वा बच्चाको पढाईको लागि कर्जा लिनुभयो भने उचित हुन्छ ।५) कयौं व्यक्तिहरु बिना जानकारी शेयरबजारमा पैसा लगानी गर्छन । यसले उसलाई नोक्सानको समेत बेहोर्नुपर्छ । तपारीं पनि बिना जानकारी यसरी पैसा खर्च नगर्नुहोस । यो कदापी लगानी हुन सक्दैन । यो बाट बाच्नुहोस ।६) यो पक्कै गर्नुहोस हरेक महिना कमाउनुभएको धनका केही रकमको हिस्सा बचत गर्नुहास । कोशिस गरेपछि तपाईंलाई बचत गर्ने बानी बस्नेछ ।

७) तपाईंको कमाई कम तर खर्च ज्यादा हुन्छ भने तपाईंलाई महिनाको अन्त्यमा साथीबाट ऋण लिने बाध्यता हुन्छ । त्यसैले आफ्नो खर्चको मनिटरिङ गर्न सुरु गर्नुहोस । तपाईं आवश्यकता अनुसार मात्रै खर्च गर्नुहोस ।८) चुरोट, राक्सी या अन्य नसालु पदार्थ सेवनको लत छ भने जरुर पैसा खर्च हुन्छ । यसले तपाईंको स्वास्थ्यमा पनि असर पर्छ । त्यसैले नशालु पदार्थमा पैसा खर्च गर्नको सट्टा बचत गर्नुहोस । जुन तपाईंको भविष्यको आवश्यकतामा काम आउछ ।९) कुनै पनि नयाँ कामको शूरुवात गर्नको लागि धनको जरुरत पर्छ तर तपाईं अक्सर राम्रो महुर्तको आसमा काम शूरु गर्नुहोस । यसो गर्नुभएन भने तपाईंको काम अड्काउन सक्छ, वा पैसा पनि धेरै खर्च हुनसक्छ । त्यसैले आफूसँग पैसा हुनेबित्तिकै तपाईं लगानी गर्नुहोस ।

यो पनि पढ्नुसः रातारात चमत्कार हुनको लागि सुत्नुअघि सिरानीमुनी यी पाँच चिज राख्नुस् शास्त्र भन्छ ‘दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ ।’ रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन । तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ । दिनभरीको सुख शान्तिका लागि यी ५ चीज सुत्ने समयमा सिरानी मुनी राख्नु राम्रो हुने शास्त्रमा उल्लेख छ ।

हनुमान चालिसा-हरेक रात सुत्ने बेलामा हनुमान चालिसा या सुन्दरकाण्ड पाठ गरेर पुस्तकलाई सिरानीमुनी राखेर सुत्नुस् । शास्त्रका अनुसार यसो गर्दा मन एकाग्र भएर शान्त हुन्छ । मनमा डर, अहम र खराव सपना समेत आउँदैन । सपनाविहिन सुताइनले शरीर पुनर्जाग्रित हुन्छ ।

फलामको उपकरण-सुत्ने बेला सिरानी मुनी फलामको उपकरण राख्नु राम्रो मानिन्छ । यसले तपाइँको नजिक नकारात्मक उर्जा आउनबाट रोक्छ । वालवालिका सुत्ने बेला सानो कैँची वा चकु सिरानी मुनी राख्ने चलन पनि यसकै कारण चलेको हो ।

मुला-सिरानी मुनी मुला राखेर सुत्ने र विहान उठेर शिवलिङ्गमा अर्पण गर्दा शुभ फल मिल्छ । शास्त्रका अनुसार यसले राहुको प्रभावलाई कम गर्छ र खराव सपना वा मानसिक तनाव हुनबाट रोक्छ ।

फूल-सुत्ने समयमा सिरानी मुनी भगवानलाई अर्पण गरेको फूल राख्दा मनमा शान्ति प्राप्त हुने शास्त्रमा उल्लेख छ । यसो गर्दा निद्रा पनि छिटो लाग्ने र विहान उठ्दा ताजा महसुस हुने समेत शास्त्रले उल्लेख गरेको छ । पछिल्लो समयमा थेरापीमा समेत यस्तो प्रयोग हुन थालेको छ ।

दुर्गा सप्तसती पाठ-दुर्गा सप्तसती पाठलाई सिरानी मुनी राखेर सुत्दा भयबाट मुक्ति मिल्ने शास्त्रमा उल्लेख छ । यसले दिनभर हुने चिन्ता र तनावबाट मुक्ति हुने शास्त्रमा उल्लेख छ । यसो गर्दा विहानमा उठ्दा ताजापन अनुभव समेत हुने विश्वास गरिन्छ ।