Home / Health / मुटु र अन्य भयानक रोगबाट बचाउने ‘ग्रीन टी’
greentea

मुटु र अन्य भयानक रोगबाट बचाउने ‘ग्रीन टी’

हाम्रो नेपाली समाजमा संस्कारका रुपमा दैनिक चिया खाने संस्कारका साथ हुर्किरहेका छौ, दुध, चिनी, चियापत्ति र मरमसला मिसाएर पकाएको चिया पिउने गर्दर्छौ । अझ घरमा कोही पाउना आउँदा वा साथीभाईसँग कही कतै भेट्दा पनि चिया खाउन भन्ने प्रचलन पनि कायम नै छ । जुन चिया स्वास्थ्यका लागि एकदमै हानिकारक हुन्छ, र हाम्रो शरीरमा रोग निम्त्याउनमा ठूलो भूमिका खेल्दछ, जुन खाने संस्कार छ, त्यो चिया हटाएर हामीले ग्रीन टी पिउने गरेमा धेरै किसिमका रोगबाट बच्न सक्छौं । हालै गरिएको एक नयाँ अध्ययनमा ग्रीन टी ले मानिसहरूको मुखको क्यान्सरसंग लड्नमा मद्दत पुग्ने कुराको खुलासा भएको छ ।

पेनसिल्भेनिया स्टेट यूनिभर्सिटीका खाद्य वैज्ञानिकहरूले बताए अनुसार ग्रीन टी मा पाइने एक तत्वले यस्तो प्रक्रिया शुरू गर्नमा सक्षम रहेको पाइएको छ, जसले स्वस्थ कोशिकाहरूलाइ छोडेर क्यान्सरग्रस्त कोशिकाहरूलाइ मार्ने काम गर्दछ ।अनुसन्धानकर्ता भन्छन् जैविक हरियो चिया पिउने गरेमा मुटु लगायत अन्य भयानक रोगहरुबाट बच्न सकिन्छ । चियामा दुध राखेर पिउने गर्दा रक्तनलीमा चियाबाट सुरक्षित गर्ने चियाको गुणहरु नै खत्तम गरिदिन्छ । चिया धेरै पिउने देशहरुमा मुटु रोग घटेको देखिएको छ । चियामा दुध र मसला राख्नुको सट्टा कागती राख्नु राम्रो हुन्छ ।वैज्ञानिकहरूका अनुसार यस अनुसन्धानबाट मुखको क्यान्सकार साथै अन्य क्यान्सरको उपचारका लागी पनि नयाँ बाटो खुल्ने सम्भावना बढेको छ । ग्रीन टी मा पाइने एपिगेलो केटचिन गेलेट ईजीसीजी मा क्यान्सरग्रस्त कोशिकाहरुलाई मार्ने क्षमता हुन्छ । सहायक प्रोफेसर जोशुआ लेम्बर्टका अनुसार यद्यपी, अहिले सम्म वैज्ञानिकहरूले ईजीसीजी को यस क्षमताको कारण भने जान्न सकेका छैनन । आखिर यसले स्वस्थ कोशिकाहरूलार्इ छोडेर मात्र क्यान्सरग्रस्त कोशिकाहरूलार्इ नै किन मार्दछ भन्ने कुरा पत्ता लागाउने कोशिश भैरहेको बताइन्छ ।

दैनिकजसो धेरै चिया वा कफि पिउने गरेमा मुटु रोगको खतरा एक तिहाइ कम हुने कुरा हल्याण्डका अनुसन्धानकर्ताहरुले बताएका छन् । अनुसन्धानकर्ता भोनी भान रक भन्छन्– ग्रीन टी र कफी पिउन रुचाउनेहरुलाई एकदमै राम्रो कुरा हो । अनुसन्धानकर्ताहरुले ४० हजार मान्छेको चिया पिउने बानीको अनुगमन गरेर पिउने गरेको चिया र कफिको मात्रासगँ तुलनात्मक अध्ययन गरेका थिए । उनीहरुको अनुसन्धानबाट के प्रमाणित भयो भने दैनिक ६/७ कप हरियो चिया पिउने मानिस मुटु रोगबाट मर्ने खतरा ४५ प्रतिशत कम हुन्छ । चिया वा कफि बढी पिउने मान्छे मुटु रोगबाट सुरक्षित हुन्छन्, तर धेरै दुध मिसाएको चिया पिउने गरेमा सुरक्षा कम गर्दछ । दैनिक ६ कपभन्दा बढी हरियो चिया पिउने मान्छेले मुटु रोगबाट ज्यान गुमाउने खतरा ३६ प्रतिशत कम हुने भनाई अनुसन्धान कर्ताहरुको छ । यस अनुपातमा दैनिक चार कप पिउने गरेमा २० प्रतिशत सुरक्षा मिल्ने कुरा बताएका छन् । त्यस्तै चिया वा कफी फिक्का पिउने गरेमा अझ राम्रो हुने कुरा अनुसन्धानकर्ताहरुले दिएका छन् । अभ, जैविक हरियो चिया पिउने गरेमा मुटु लगाायत अन्य भयानक रोगहरुलाई समेत राम्रो गर्ने बताइएको छ ।

चियामा दुध राखेर पिउने गर्दा रक्तनलीमा चियाबाट सुरक्षित गर्ने चियाको गुणहरु नै खत्तम गरिदिन्छ । चिया धेरै पिउने देशहरुमा मुटु रोग घटेको देखिएको छ । चियामा दुध र मसला राख्नुको सट्टा कागती राख्नु राम्रो हुन्छ । शरीर स्वस्थ राख्नका लागि पोलिफेनोल्स भएको आहार दैनिक खानु राम्रो हुन्छ । पोलिफेनोल्स शरीरमा छोटो समय मात्र सक्रिय रहने भएकोले दैनिक आहारमा पोलिफेनोल्स भएका खाद्य वस्तु खाने गर्नुपर्छ । पोलिफेनोल्स भएका खाद्य वस्तु खाए लगत्तै रगतमा यसको स्थर उच्च हुन्छ र त्यसपछि शरीरका अंगहरुले अवशोषित गर्नाले पोलिफेनोल्सको मात्रा चाँडै घट्छ । केही पोलिपेनोल्स रक्त संचार प्रणालीमा पुग्न सक्दैनन् र पाचन प्रणालीमा समाहित हुन्छन् । तर यसबाट पनि फाइदा पुग्छ पाचन प्रणालीमा समाहित पोलिफेनोल्सबाट आन्द्राको क्यान्सरबाट बच्न सहयोग मिल्छ । अप्रशोधित फलफूल, तरकारी र गेडागुडी र सागपातमा पोलिफेनोल्स पाइन्छ ।

हामीले दैनिक खाने गरेको चिया स्वास्थ्य वा गुणकारी भन्दा बजारमा पाइने सस्तो मूल्य र कम गुणस्तरको चिया प्रयोग गर्ने गरेका छौ । हामीले हरियो जैविक चियाको बारेमा त कहिल्यै सुन्यौ न त प्रयोग नै ग्यौ । त्यसैले हामीले सामान्य चियासँग तुलना गर्ने गरेका छौ ।

हामीले दैनिक खाने गरेको चिया स्वास्थ्य वा गुणकारी भन्दा बजारमा पाइने सस्तो मूल्य र कम गुणस्तरको चिया प्रयोग गर्ने गरेका छौ । हामीले हरियो जैविक चियाको बारेमा त कहिल्यै सुन्यौ न त प्रयोग नै ग्यौ । त्यसैले हामीले सामान्य चियासँग तुलना गर्ने गरेका छौ । जस्तै– (Black Tea, Fermented Tea) (Oolong Tea, Semi Fermented Tea) (Green Tea, Non Fermentation) ।यि चियाहरुमध्ये ग्रीन टी उच्च पहाडी भूभागमा रहेको बगानबाट उत्पादित कोमल मूनाहरुलाई फर्मेन्टेशन नगरी प्राकृतिक तरिकाले वाष्पिकृत गरी उत्पादन गरीएको चिया हो । यो प्राङ्गारिक चिया (Camellia zinentzis) प्रजातिको उतकृष्ट चिया हो । यो चिया उत्पादन गर्ने क्रममा बगानमा कुनै पनि रासायनिक मलहरु तथा विषादीहरुको प्रयोग नगरी विशुद्ध प्राङ्गारिक मल र रोग तथा किरा नियन्त्रणका लागि जैविक उपायहरु अवलम्बन गरिएको हुन्छ । चिया प्रशोधन गर्दा पनि कृत्रिम रंग तथा बासनाको प्रयोग गरिँदैन । संसारभरि जैविक (Organic Agriculture)लाई अनुगमन र निरीक्षण गर्ने छाता संगठन (IFoam) बाट मान्यता प्राप्त ११० राष्ट्रहरु मध्ये (NASAA, JAS / USDA) ।