Home / Manoranjan / रेखाको मालिका एक दिनमै ट्रेण्डिङमा, ११ लाखले हेरे, आयो यस्तो प्रतिक्रिया

रेखाको मालिका एक दिनमै ट्रेण्डिङमा, ११ लाखले हेरे, आयो यस्तो प्रतिक्रिया

काठमाडौं । लोकप्रिय तथा सर्वाधिक चर्चित नायिका रेखा थापाको पछिल्लो चलचित्र ‘मालिका’ हिजोदेखि बुढासुब्बा डिजिटल प्रालिको युट्यव च्यानलमार्फत सार्वजनिक गरिएको छ । एकै दिनमा मालिकालाई झण्डै ११ लाख दर्शक÷स्रोताले हेरेका छन् भने ६ नम्बर ट्रेण्डिङमा पुग्न सफल भएको छ ।एक वर्षअघि असोजमै रिलिज भएको मालिका हेरेर हजारौं दर्शकले प्रतिक्रिया दिएका छन् । दर्शक,स्रोताको प्रतिक्रिया एकदमै सकारात्मक र उत्साहजनक रहेका छन् ।

चलचित्रमा रेखा थापा, किशोर खतिवडा, कर्णालीकी छोरी कमला ओली लगायतको सशक्त र जीवन्त अभिनय रहेको छ ।नायिका रेखा थापाको निर्देशन तथा अभिनय गरेको चलचित्र ‘मालिका’ समाज रुपान्तरण र सामाजिक न्यायका दृष्टिले अत्यन्त महत्वपूर्ण भएको टिप्पणी गरिएका छन् । विशेषतः यसका मनै छुने सम्वादहरु र मालिकाले उठान गरेको विषयवस्तुप्रति दर्शकहरुले एकदमै राम्रो प्रतिक्रिया दिएका छन् ।

रेखा थापा (जन्म विसं २०३९ भाद्र ५) नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दस मा पर्न सफल भएकी थिइन् । २ वर्ष पछि उनले छबी राज ओझाको चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । हालसम्म उनले २०० वटा भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छिन् । सन् २०१० र २०११ मा उनले उत्कृष्ट अभिनेत्रीको सिजी डिजिटल फिल्म पुरस्कार पाएकी थिइन् र सन् २०११ मा उत्कृष्ट अभिनेत्रीको नेफ्टा फिल्म पुरस्कार जितेकी थिइन् ।[५] दर्जनौ सुपरहिट चलचित्र “काली” र “हिम्मतवाली” पछि २०७० चैत-२६ मा चलचित्र “रामप्यारी” लिएर आएकि थिइन् ।-नेपाली विकिपिडियाबाट