Home / Rashifal / यो साता तपाईंको भाग्य र भविश्य कस्तो छ? नौ दुर्गा भवानिले रक्षा गरुन भेटी स्वरुप एक शेयर गर्दै हेर्नुहोस्
naudurgamata

यो साता तपाईंको भाग्य र भविश्य कस्तो छ? नौ दुर्गा भवानिले रक्षा गरुन भेटी स्वरुप एक शेयर गर्दै हेर्नुहोस्

असोज १९ गते आइतबार देखि २५गते शनिबार सम्मको साप्ताहि राशिफल। यो साता तपाईंको भाग्य र भविश्य कस्तो छ? नौ दुर्गा भवानिले रक्षा गरुन भेटी स्वरुप एक शेयर गर्दै हेर्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सन्तान सम्बन्धी चिन्ता बड्ने छ।जिवनयापन राम्रो सङ्ग चल्ने छ।आफ्नु काम मा ब्यस्त भैने छ ।स्वास्थ्य सम्बन्धि केही समस्य आउन सक्ला ।चिन्ता बड्ने छ परिश्रम गरे अनुरुप आम्दामी तथा मान सम्मान मिल्ने छ । खर्च गरेअनुरूप भविष्यका लागि जग बसाउने अवसर जुट्नेछ, पैतृक सम्पत्ति उपयोग गरी थप फाइदा उठाउन सकिनेछ, बौद्धिकस्तर ओजलमा पर्ने भएकोले निर्णय गर्दा अलि विचार गर्नुपर्ला,घरेलु समस्याले सताउने,मित्र र आफन्त हरुले धोका दिने भएकाले काम गर्दा वा लेनदेन मा बिचार पुर्याउनु होला भने कुनै यात्र वा काम सुरु गर्नु अघि गौ माता को दर्शन गर्नु होला लाभ हुने छ ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) कार्य ब्यवसाय बाट खासै लाभ मिल्ने छैन ।काम मा बाधाहरु धेरै आउने छ्न् ।तर आय को साध भने जुटिरहने छ भने बन्धुबान्धब सङ्ग लेनदेन को काम गर्दा होसियार भएर मात्र गर्नु होला आफ्नो धन डुब्न सक्छ ।आफुमा क्रोध अत्यन्त बड्ने छ समस्या हरु धेरै आउने छ्न परिवारका सदस्यहरूमा स्वास्थ्यसम्बन्धी समस्या देखा पर्न सक्छ,नोकारीमा समस्या आउनेछ,स्थानान्तरण हुने,झुटा आरोप लाग्ने योग भएकोले सबै काममा आफैँले ध्यान दिनुहोला,कर्म सिद्धिको समय छ भने कुनै नयाँ काम वा यात्रा गर्नु अगाडि दुर्गा देबिको स्मरण गर्नु होला सफल्ता मिल्ने छ ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) – टाडा को यात्रा हुने छ ।विदेश सम्बन्धि कार्य बाट लाभ मिल्ने छ धर्म कर्म मा रुचि बड्ने छ ।जग्गा जमिन सवारी साधन किनबेच हुने छ भने स्वास्थ्य सम्बन्धि केही समस्या आउने छ ।जोश र जाँगर बढ्ने आफ्नै प्रयासले नयाँ कामहरू प्राप्त हुनेछन्, ब्रह्म मुहूर्तमा भगवानको स्मरण,योग एवं ध्यान गर्दा मानसिक तनाव कम हुनेछ भने शारीरिक आलश्य पनि दूर हुनेछ, परिस्थितिको बन्धनमा परिने समय छ, गोपनीयतामा ध्यान दिनुहोला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सन्तान द्वारा सुख मिल्ने छ ।धार्मिक कार्य मा खर्च अधिक हुने छ ।आफ्नु काम मा ब्यस्त भैने छ।जग्गा जमिन आदि बाट समस्या उत्तपन्न हुने योग रहेको छ।खाइपाइ आएको सेवा–सुविधामा कटौति हुनसक्ने भएकाले बढी अपेक्षा नगर्दा असन्तोषमा कमि सकिनेछ,व्यापारमा संकट आउने,यात्रामा अवरोध हुने,विदेश यात्राको पाइला चाल्दा आवश्यक तयारी अपुरो हुनसक्छ,नोकारीमा समस्या आउनेछ, भने नित्य प्रतिदिन भगवान सुर्य लाई प्रात:अर्घ्य दिनु होला कार्य एवं यात्रा मा सफल भैने छ ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) घर मा कुनै नयाँ धर्मकर्म सम्बन्धि कार्य हुने छ।रोकिएर रहेको काम बन्ने छ ।कोहि विशिष्ट ब्यक्ति सङ्ग सम्पर्क हुने छ भने स्वास्थ्य मा समस्या देखापर्ने छ ।पति–पत्नीमा राम्रो सम्वन्ध नहुने भएकाले मन उदास रहनेछ, बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिएला,सचेत रहनुहोस,विपरीत लिंगी साथीले नयाँ उपलब्धि हात पार्दा हर्षित भइनेछ,उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला, कर्म योगका थप बाटाहरू खुल्नेछन् भने कुनै काम वा यात्रा गर्नु अगाडि हनुमान लाई स्मरण गर्नु होला राम्रो हुने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) कार्य मा खासै प्रगती नहुने देखिन्छ आय कम्ती खर्च धेरै हुने छ ।परिवार मा आपसी कलह हुने छ आर्थिक समस्या ले सताउने छ मन अत्यन्त चिन्तित रहने छ ।मर्यादा पालन नगर्दा अफिसियल कार्यमा अवरोध सिर्जना हुनसक्छ,विगतका कमजोरीले दण्ड–जरिवानामा परिने सम्भावना छ।अप्ठ्यारो परिस्थितिमा पनि आस मारेको काम बन्नाले उत्साह जाग्ने छ।बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिएला सचेत रहनुहोस भने कुनै नयाँ ठाउँ को यात्रा वा कार्य थालनि गर्नु अगाडि भगवान शिव लाई स्मरण गर्नु होला राम्रो हुने छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) भुमी सवारी इत्यादि साधन बाट ठूलो लाभ मिल्ने छ घर परिवार मा कुनै शुभ कर्म हुने छ,प्रतिष्ठित ब्यक्ति सङ्ग भेटघाट हुने छ ,वैदेशिक कात्य मा बाधा आउने छ स्वास्थ्य सम्बन्धी समस्या देखापर्न जान्छ ।राजनीतिक नियुक्तिको सम्भावनाका साथै कूटनैतिक क्षेत्रमा ठूलो फड्को मार्ने अवसर मिल्नेछ,शैक्षिक उन्नतिका अवसरहरू प्रशस्तै मिल्नेछ, ठूलाबडाको दबाबमा परिस्थतिसँग सम्झौता गर्दा मन खिन्न हुनेछ,गोपनीयतामा ध्यान दिनुहोला,समस्याहरू धेरै आउनेछन्,मानसिक तनाव उच्च विन्दुमा पुग्ने छ भने कुनै कार्य वा नयाँ ठाउको लामु यात्रा गर्नु अगाडि शुक्रबार को व्रत बसेर कन्या पुजन गर्नु होला राम्रो हुने छ ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु) कार्य मा ब्यस्तता भैने छ ,मुद्दा मामिला मा फस्न सक्ने योग रहेको छ ।सन्तान बाट खुसी मिल्ने छ धन नाश होला पारिवारिक सहयोग भने मिल्ने छ ।स्वास्थ मा समस्या आउने छ भने मानसिक चिन्ता बड्ने छ।झुटाआरोप पनि लाग्नेछन्,नोकरीमा पटक पटक स्थानान्तरण हुनुको साथै छुट्ने अवस्थासम्म सृर्जना नहोला भन्न सकिन्न आयभन्दा व्यय बढी, लेनदेनमा विवादको सामना गर्नुपर्ला,पति–पत्नीबीच मतभेद र प्रेममा खटपट हुन सक्ने भएकोले संयम हुनुहोला, सम्बन्ध गाँस्नेहरूले सताउन सक्छन् विश्वास गुम्ने सम्भावना छ। कुनै कार्य वा यात्रा गर्नु अगाडि दुर्गादेविको स्मरण गर्नु होला अनि मात्र सफल भैने छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – सतर्क भएर काम गर्नु होला ,बिदेश सम्बन्धि कार्य बाट लाभ मिल्ने छ ।स्वास्थ्य सम्बन्धि समस्या ले सताउने छ अनावश्यक मानसिक चिन्ताले तनाब बनाउने छ आर्थिक क्षेत्र राम्रो रहेको छ भने आर्थिक समस्या पर्ने छ झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,बोली एवं ब्यवाहारमा सक्दो नियन्त्रण राख्नु होला,पैतृक सम्पत्ति हातालागी हुन सक्ला , चोटपटक को सम्भावना छ। सवारी साधन बाट चोट पीडा को भय रहेको छ होस पुर्याएर मात्र चलाउनु होला ।भने कुनै कार्य गर्नु वा यात्रा गर्नु अगाडि शिवजि को स्मरण गर्नु होला शुभ हुने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – सरकारी काम मा बिघ्न बाधाहरु आउने छन् बनिदै गरेको काम मा डिलासुस्ती हुने छ ,शुभ कार्य मा धन खर्च हुने छ । रोजगारीको लागि राम्रो छ,बैदेशिक यात्रा हुने सम्भावना छ,स्वास्थ्यमा सुधार आउने छ,परिवारमा खुशी छाउनेछ,सन्तान पक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ, ।पति पत्नी मा केही मतभेद हुने छ प्रत्येक काममा सत्रु हरुले बाधा पुर्याउने छ्न् भने सप्ताहान्तमा खर्च अधिक बड्ने छ ।नयाँ काम अथवा कुनै नयाँ स्थान को यात्रा गर्नु भन्दा अगाडि हनुमान लाई स्मरण गरेर मात्र गर्नु होला उत्तम रहने छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – आशाअनुरुप फल पाइने छैन ,मन अशान्त एवं असन्तुष्ट रहने छ मानसिक तनाब ले सताउने छ ।रोकियाका कामहरु बन्नेछ,श्रमबाट प्रशस्त धन लाभ हुनेछ,विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ,पठन–पाठनमा प्रगति हुनेछ, रोजगारीमा सफलता मिल्ने छ, ।ऋण लिनु पर्ने खाल्को समस्या आउन सक्छ ।चोट लाग्न सक्छ !आवस्यकता भन्दा बडि नबोल्दै उचित हुने छ केही सामाजिक काम मा अग्रसर भैने छ भने सन्तान बाट आशाअनुरुप को फल पाइने छ ।सप्ताहान्तमा समय सामान्य रहेको छ ।कुनै नयाँ ठाउँ को यात्रा गर्नु पर्दा वा नयाँ कार्य गर्नु अडि माता गैरिलाइ स्मरण गर्नु होला शुभ सङ्केत प्राप्त गर्नुहुने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – मुद्दा मामिलाको झन्जट मा फस्नु पर्ने छ ,धार्मिक कार्य मा रुचि बड्ने छ,परिवारमा माङ्गलिक कार्य हुने योग रहेको छ ।आम्दामी भन्दा खर्च बडेर जाने छ ,स्वास्थ्य सम्बन्धि समस्याले धेरै गाह्रो बनाउने छ बोलीमा विचार पुराउनु होला, पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,महत्वपूर्ण काममा ध्यान दिनु होला,धार्मि तथा सामाजिक कार्य मा सरिक हुनुपर्ने छ भने सप्ताहान्त मा समय अत्यन्त राम्रो रहेको छ।कुनै काम वा नयाँ ठाउँ को यात्रा गर्नु पुर्ब शिवजिलाइ स्मरण गर्नुहोला ,शुभ सङ्केत पाइने छ ।

ज्योतिष तथा श्रीमद्भागवत एवं अन्य पुराण प्रवक्ता बालब्यास पं नबिन खतिवडा सुर्योदयनगरपालिका ३रुङ्सुङ्ग ईलाम सम्पर्क नं: 9814043749,9840992620 source via dainik headline